बिहिबार, बैशाख १३, २०८१

देशका ७७ मध्ये ७६ जिससको नतिजा सार्वजनिक,कांग्रेस अग्रस्थानमा

बाजुराको बूढीगङ्गा नगरपालिकामा भने स्थानीय तहको पुनः निर्वाचन हुन बाँकी

काठमाडौ असार १७,
देशका ७७ जिल्लामध्ये बाजुरा बूढीगङ्गा नगरपालिकाको वाहेक ७६ जिल्लाको जिल्ला समन्वय समितिको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेसले ७६ मध्ये ३४ जिल्लाको जिल्ला समन्वय समितिको प्रमसखमा निर्वाचित भएको छ भने प्रमुख प्रतिपक्षीदल नेकपा एमाले २० वटा जिल्लाको प्रमुख जितेका छन ।

त्यस्तै सत्ता साझेदार दल माओवादी केन्द्रले १०, नेकपा एसले छ र जसपाले ३ वटा जिससमा आफ्नो उम्मेदवार  निर्वाचित गराउँन सफल भएका छन । बाजुराको बूढीगङ्गा नगरपालिकामा भने स्थानीय तहको पुनः निर्वाचन गर्नुपर्ने भएकाले जिससको निर्वाचन हुन सकेको छैन । त्यस्तै लोसपाले १ राजमोले १ जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका छन ।