शनिबार, बैशाख १५, २०८१

६ करोड२४लाखको बिगो दावी सहित बरिष्ठ व्यवस्थापन सहायक भण्डारी विरुद्ध मुद्धा दायर

काठमाडौं असार ३ ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले २१ असोज २०७३ देखि २०७७सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तरगतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाका कर्मचारीका रुपमा कार्यरत भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

त्यस्तैं आयोगले आज दायर मुद्धामा भण्डारीले १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा कार्यरत भण्डारीको जागिरको अवधिमा बैध आम्दानी २६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको बाँकी आम्दानीको स्रोत पुष्टि हुन नसकेसंगै निजले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष उल्लेख गरेको छ।

साथै आयोगले आज जारी विज्ञप्तिमा निजको रवाफिलो खर्च र लगानी को सवालमा गरिएको अनुसन्धानको क्रममा उनले आफसंग रहेको सम्पति पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानूनसम्मत आर्जन गरेको दाबी गरे पनि अख्तियारले भण्डारीको दावी अस्वीकार गर्दै विशेष, अदालतमा दायर मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो दावी सहित मुद्धा दायर गरेको हो ।