शनिबार, बैशाख १५, २०८१

१०४ जनामध्ये उपत्यकामा मात्रै ४२ जनामा कोभिड संक्रमण

काठमाडौं असार ३,
पछिल्लो समय छिमेकी मुलुक भारत र चीनमा कोभिड संक्रमतिको सख्या ह्वात्तै बढ्दै गर्दा त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि दिन यता नेपालमा फेरि कोभिड संक्रमितको संक्रमण बढ्ने क्रममा रहेको वितेको २४ घण्टामा थप ३४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४ तथा एन्टिजेनबाट १० जना गरि कुल ३४ जनामा संक्रमण पुष्टि भएको भएको हो ।

यद्यपी यसवीचमा १५ जना संक्रमित संक्रमण मुक्त भएका छन् । त्यस्तै मन्त्रालयले आज थपिएका संक्रमित संगै देशभर १०४ जना कोभिडका संक्रिय संक्रमितको पहिचान भएको जनाएको छ।

त्यस्तै पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौंमा ३१ जना ललितपुरमा १० जना ललितपुरमा र भक्तपुरका १ जनामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।