शुक्रबार, चैत्र १६, २०८०

आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले पारित

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गरे बैठक बहिस्कार

काठमाडौं असार २,
प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले पारित गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक पारित गरिसोस् भन्दै राख्नु भएकोप्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

प्रस्ताव उपर सांसदहरुले राखेका २३ वटा खर्च कटौतीका प्रस्ताव संसदले अस्वीकृत गरेसंगै विनियोजन विधेयक पारित भएको बहुमतले पारित भएको हो ।

गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको १७ खर्ब ९३ अर्ब ८३ करोड अनुमानित बजेट प्रस्तुत गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने बैठक बहिस्कार गर्दै बैठकस्थलबाट सबै एमाले सांसदहरु बाहिरिएका थिए ।