मङ्लबार, चैत्र ६, २०८०

अव्यवस्थित पार्किङ्ग विरुद्ध ह्विल लक अभियान

dav

काठमाडौं असार ३ ,
काठमाडौं महानगर वडा न १९ ढोकाटोल परिसरमा अनाधिकृत मात्र नभइ अव्यवस्थित पार्किङ्गका कारण सिर्जित समस्या समाधानका लागि महानगर वडा न १९ ले जनसेवा ट्राफिक प्रहरीको समन्वयमा ह्विल लक अभियान शुरु गरेको हो ।

अभियानको पहिलो दिन आज बा २१ च ७५३८ र बा ६च १३३० न को गाडिमा ह्विल लक लगाइएकोछ भने अर्को गाडिमा समेत ह्विल लक लगाउने तयारी भइरहेको जनसेवा ट्राफिकले जनाएको छ । पछिल्लो समय यस क्षेत्रमा बढ्दो अनाधिकृत एवम अव्यवस्थित पार्किङ्गका कारण अनेकन समस्या देखिएको स्थानीयको भनाइ रहेको छ।