शुक्रबार, बैशाख १४, २०८१

फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर रु १८०,एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८००

काठमाडौं जेठ ८,

पेट्रोलियम पदार्थको मूल्य पुन बढेको छ । यसअघि वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । बढ्दो मूल्य अनुसार पेट्रोल प्रति लिटरको मूल्य १८० पुगेको छ । जुन आज मध्यरातबाट लागु हुने छ।

त्यस्तै डिजेल, मट्टितेलको मूल्य १६३ पुगेको छ भने खाना पकाउने एलपी ग्यासमा २ सय रुपैयाँ बृद्धि गर्दै १८०० पुर्‍याइएको छ । यद्यपी बढ्दो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४।६४ रुपैयाँ, डिजेलमा २६।८२ रुपैयाँ र खाना पकाउने ग्याँस सिलिन्डरमा ८७९।७५ रुपैयाँ घाटा रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा पनि प्रतिलिटर रु १० रुपैयाँ वृद्धि गरेर १६६ पुर्‍याइएको छ ।