काठमाडौं जेठ ८,
काठमाडौंको नागार्जुन नगरपालिका वडा न निर्वाचित एमाले उम्मेदवार सुरजकुमार पोखरेलको विजय र्यालीमा सहभागी एमालेका कार्यकर्ताले नेपाली कांग्रेस कार्यकतामाथि आक्रमण गरेको समाचार प्राप्त भएको छ।
प्राप्त जानकारी अनुसार विजयर्यालीमा सहभागी एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि निर्घात कुटपिट गरेको आक्रमणमा परि घाइते भएकाहरुको सुभेच्छा अस्पतालमा उपचार भइरहेको थाहा भएको छ ।
कुटाइ खाने कांग्रेसका कार्यकर्ताहरुमा कुमार तामाङ, केसर तामाङ, बलविर तामाङ, ललित तामाङ लगायतका दुइ दर्जन काँग्रेसका कार्यकर्ता रहेका छन । घटनाका सम्बन्धमा कांग्रेसका कार्यकर्ताले छानविन गर्न र दोषीलाइ कारवाही माग गर्दै भिमढुङ्गा र स्वयम्भु प्रहरीमा उजुरी गर्दा समेत प्रहरीले घटनाबारे उजुरी लिन आलटाल गरेको स्थानीयबासीले बताएका छन्
स्मरण रहोस २०७४ को स्थानीय तह निर्वाचनमा नागार्जुन वार्ड नम्बर ८ मा शुक्र तामाङसँग पराजित सुरजकुमार पोखरेलले यसपटक तिनै शुक्र तामाङलाई पराजित गरेको हो । कांग्रेसले वडा १,४,६,९, १० रहेको रहेका छन् भने एमालेले २,३,७,८ वडामा जित निकालेको छ ।