शुक्रबार, बैशाख १४, २०८१

महानगर ११ मा काँग्रेसका उम्मेदवार तण्डुकार र २५ मा डंगोल निर्वाचित

काठमाडौं जेठ ८,
काठमाडौं महानगरको वडा नम्बर ११ मा नेपाली कांग्रेसका उम्मेदवार हिरालाल तण्डुकार नेतृत्वको प्यानल निर्वाचित हुनुभएको छ। वडाध्यक्षमा निर्वाचित उम्मेदवार तण्डुकारले योगेन्द्रमान श्रेष्ठलाइ ६०५ मतान्तरमा पराजित गर्दै वडाध्यक्षमा विजय हुनुभएको हो ।

त्यस्तै निर्वाचित उम्मेदवार तण्डुकारले १ हजार ५५५ मत प्राप्त गर्दै गर्दा श्रेष्ठले ९५० मत प्राप्त गर्नुभएको हो । त्यसैगरी वडा सदस्यमा क्रमस आशाश्रेष्ठ , यशोमति परियार , दिपेश राउत क्षेत्री र सरोजकुमार मुल्मी विजय हुनुभएको छ ।

त्यस्तै महानगरको वडा न २५ मा काँग्रेसका उम्मेदवार राजेश डंगोल ९१३ मतप्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनु भएको छ। निर्वाचित वडा ध्यक्ष श्रेष्ठले एमालेका उम्म्ेदवार राजेश प्रसाद श्रेष्ठलाइ ३ सयको मतान्तरमा पराजित गर्नु भएको हो ।

त्यस्तै वडा न २५ को वडा सदस्यहरुमा क्रमस रुपा प्रजापति , कृष्ण प्रजापति र लिनोद विर सिं तुलाधर निर्वाचित हुनुभएकोछ ।

हाल महानगरको वडा नम्बर १, २, ३, ४ ५, ६, ७ , ८, ११, २४, २५ ,२८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नम्बर , ९, १०, १२, १३ , २६,  को मत गणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ ।