शनिबार, बैशाख १५, २०८१

काठमाडौं महागर प्रमुखमा वालेनको अग्रता कायमै, सिर्जनालाइ पछ्याउँदै स्थापित

काठमाडौं जेठ
गत बैशाख ३० गते सम्पन्न् स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौँ महानगरपालिकामा नयाँ नेतृत्वको लागि भएको मतदानको मतगणनाको पछिल्लो  अद्यावधिक विवरण अनुसार कूल खसेको १ लाख ९१ हजार १८६ मतमध्ये १ लाख ६ हजार ३५२ मतगणना हुँदा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिस्प्रर्धीको संगको आफ्नो मतान्तरलाइ थप फराकिलो बनाएको छ। साहले पछिल्लो समय १७ हजारको मतान्तर अर्थात३७ हजार ९४०मत पाएका छन ।

त्यस्तै यसवीचमा दोस्रो स्थानमा रहेको एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा झरेका छन । सिर्जनाले २१ हजार २२४ मत प्राप्त गर्दै गर्दा स्थापितले २०हजार ९४० पाएका छन ।

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको मत गणना कार्य जारी रहेको छ। हालसम्मा वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर ७,९,१०,११ ,१२, २३,२४,२५,२६ को मत गणना भइरहेको छ। यसमध्ये आज वडा न १२ र २३ र २४ को मतपरिणाम सार्वजनिक हुने प्रवल संभावना रहेको निर्वाचन समितिले जनाएको छ।