शुक्रबार, चैत्र १६, २०८०

 महानगरको वडा नम्बर २७ मा कांग्रेसका उम्मेदवार खड्गी नेतृत्वको प्यानल निर्वाचित

काठमाडौं जेठ ७,
काठमाडौं महानगरको वडा नम्बर २७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेश खड्गी नेतृत्वको प्यानल निर्वाचित हुनुभएको छ। वडाध्यक्षमा निर्वाचित उम्मेदवार खड्गीले एमालेका उम्मेदवार चिनियामान बज्राचार्यलाइ २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो ।

त्यस्तै खड्गीले १ हजार ५४१ मत प्राप्त गर्दै गर्दा बज्राचार्यले १३०३ मत प्राप्त गर्नुभएको हो । छ । त्यसैगरी सदस्यमा दिनेश श्रेष्ठ धर्म प्रजापति  र महिला सदस्यमा सृष्टि कंशाकार विजय हुनुभएको छ । त्यस्तै दलित महिला सदस्यका  एमालेका उम्मेदवार प्रभा परियार यसअघिनै निर्विरोध निर्वाचित भएको हो ।