बुधबार, बैशाख १२, २०८१

पश्चिमी वायुको प्रभाव : काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहितको वर्षा

काठमाडौं जेठ ८,
मौसम पूर्वानुमान महाशाखाले न विभागले स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले आज जारी गरेको ३ दिने मौसम पूर्वानुमान विज्ञप्तिमा आइतबार बिहान बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा वर्षा भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ ।
त्यस्तै आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना दिदै महाशाखाले लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको साथैं देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।

त्यस्तै पछिल्ले समय काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बाहिर प्रकाशको उज्यालो कम हुँदै गर्दा  बत्ती बाल्नुपर्ने अवस्था बन्दै गएको छ ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान : 

२०७९ जेठ ८ गते (आइतबार)

दिउँसो : देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा  मेघ गर्जन / चट्याङ्ग  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  देशका  बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ ९ गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ। देशका केही  स्थानहरुमा र मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  राती : देशभर आंशिक देखि  सामान्य बदली  रहनेछ। प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ १० गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भुभागमा आंशिक देखि  सामान्य बदली  रहनेछ।बाँकी भुभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, लुम्बिनी प्रदेशका केही  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भुभागमा आंशिक देखि  सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।