शनिबार, बैशाख १५, २०८१

विराटनगर महानगरपालिकाको प्रमुखमा काग्रेसका उम्मेदवार कोइराला विजयी

काठमाडौं जेठ ७,

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला विराटनगरको प्रमुखमा निर्वाचित भएको हो ।

विराटनगरमा कुल खसकेको ८९ हजार ७८९ मत मध्ये कोइराला ३० हजार १७० मत प्राप्त गर्दैगर्दा एमाले उम्मेदवार थापाले २१ हजार ४५५ मत प्राप्त गरको थियो । त्यस्तै महानगरपालिको संरचना अन्र्तगत कुल १९ वटा वडा रहेको विराटनगरमा एमालेले ९, कांग्रेसले ६, जसपाले २, राप्रपाले १ र स्वतन्त्रले १ वडामा जित हासिल गरेका छन्

यस्तै विराटनगरको उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्की निर्वाचित भएकी छिन् । निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादवलाई ११ हजार ४६१ को भारी मतान्तरले पराजित गर्दै कार्की विराटनगरको उपमेयरमा विजयी भएकी हुन् । यादवले १४ हजार २१९ मत प्राप्त गर्दा कार्कीले २५ हजार ६८० मत ल्याएकी हुन् ।