बुधबार, बैशाख १२, २०८१

महानगर को वडा न ६ मा कांग्रेसका उम्मेदवार लामा नेतृत्वको प्यानल निर्वाचित

काठमाडौं जेठ ७,
महानगर को वडा न ६ मा नेपाली कांग्रेसका उम्मेदवार भुवन लामा नेतृत्वको प्यानलै निर्वाचित भएको छ। निर्वाचित उम्मेदवार लामाले ३हजार ८१६ मत प्राप्त गर्दै गर्दा निकटम प्रतिस्प्रर्धी एमालेका उम्मेदवार वसन्त लामाले २हजार७३५ मत पाएका छन ।

त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल, महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी निर्वाचित भएको छ ।

त्यस्तै यस वडामा महानगर प्रमसखका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले ३हजार ४७४ मत पाउँदै गर्दा कांग्रेसकी सिर्जना सिंहले २हजार२०४ र एमालेका केशव स्थापितले १७४५ मत पाएका छन ।