शनिबार, बैशाख १५, २०८१

काभ्रेमा बस र सुमोजीप ठोक्किँदा एक बालक सहित ५ को मृत्यु

तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं बैशाख २१,  
काभ्रेमा बस र सुमोजीप ठोक्किँदा एक बालक सहति ५ जनाको मृत्यु भएको छ।

स्थानीय प्रहरीबाट पा्प्त जानकारी अनुसार काठमाडौंबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाडौंका लागि छुटेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठोक्किँदा जीपमा सवार एक बालक सहित पाँच यात्रुको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा परि घाइते भएका १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर केहीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।