शुक्रबार, चैत्र १६, २०८०

१९ जनामा कोभिड सङ्क्रमण पुष्टि, थप एकको मृत्यु

काठमाडौं बैशाख २१,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ८२१ को परीक्षण गर्दा १९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले पिसीआर विधिबाट गरिएको परीक्षणको क्रममा कोभिड सङ्क्रमण हुपहचिान हुनेको सङ्ख्या ९ लाख ७८ हजार ८८४ पुगेको छ भने एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १९६ रहेको जनाएको  छ ।

त्यस्तै यसवीचमा थप १८ जना सङ्क्रमणमुक्त भएको र योसंगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ७१५ पुगेको जानकारी दिएको छ।

साथै मन्त्रालयले नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको जानकारीदिदै हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको जनाएके छ।