शनिबार, बैशाख १५, २०८१

महानगर प्रमुख र उपप्रमुख उम्मेदवार तय गर्ने अधिकार काँग्रेस सभापति देउवालाइ

काठमाडौं बैशाख ११,
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आसन्न् स्थानीय तह निर्वाचन अन्र्तगत महानगरपालिकाका प्रमुख र उपप्रमुखको आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रत्यायोजन गरेको छ।

पार्टी सभापतिलाइ प्रत्यायोजित अधिकार अनुरुप काठमाडौं र ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि आधिकारिक उम्मेदवार तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवा प्रत्यायोजन गरेको हो ।