शनिबार, बैशाख ८, २०८१

विवेकशीको विराटनगर मेयरमा कर्ण,भरतपुरमा काफ्ले

काठमाडौं बैशाख ११,

विवेकशील साझा पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्ले र उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन ।
प्रवक्ता पाठकले विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य रहेका छन भने भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक रहेको जनाएको छ।

त्यसै गरी स्वास्थ्य तथा जनसङ्ख्यामा स्नातकोत्तर गरेकी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यस सम्बन्धी कार्यक्रममा संलग्न हुँदै आएकी जानकारी दिएको छ।