शनिबार, बैशाख ८, २०८१

नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक[घोषणापत्रको पूर्णपाठ सहित]

नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’

काठमाडौं बैशाख ११,
नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय सानेपामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित सबैजसो शीर्ष नेताहरु सहभागी उक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री गगनकुमार थापाले  ८८ पृष्ठ लामो   घोषणापत्रबारे जानकारी दिनुभएको  हो ।

नेपाली कांग्रेसको संकल्पः सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने मुल अभिप्राय रहेको काँग्रेसको घोषणापत्रलाई कांग्रेसले संकल्प प्रस्तावको प्रारुपमा अघि सारको छ।

यस्तो ६ स्थानीय तह निर्वाचनका लागि कांग्रेसको घोषणापत्र :

घोषणापत्र सार्वजनिकरण कार्यक्रममा पार्टी महामन्त्री गगन थापाले प्रस्तुत घोषणापत्रमा हामीले गएको ५ वर्षको समीक्षा गर्यौं । यो समीक्षापछि हामी गनगन गरेर बस्दैनौं । अब नेपाली नेपाली कांग्रेसले सम्हाल्छ । अबको १० वर्ष समुन्नत नेपालको महाअभियान शुरु हुने बताउनुभयो ।

त्यस्तै समुन्नत नेपाल के हो र कसरी प्राप्त हुन्छ भनेर १० वर्षे योजना सहित सार्वजनिक घोषणापत्रमा जनताको माग वमोजिम अबको १० वर्षभित्र हरेक क्षेत्रमा के के गर्न सकिन्छ भन्ने यर्थातमा केन्द्रीत भएर तयार भएको बताउनुभयो ।