शुक्रबार, बैशाख १४, २०८१

उम्मेदवारी दर्ताका लागि , कुन उम्मेदवारलाई के-के कागजात चाहिन्छन्? { चेकलिष्ट सहित]

काठमाडौं बैशाख ११ ,
आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्य हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवार बन्न् चाहने व्यक्ति वा राजनैतिक दलले मनोनयन दर्ता गराउँन सकिने जनाएको छ। त्यस्तै आयोगले उम्मेदवारी दर्ताको लागि क्रमस निम्नाुसारको कागजात आवश्यक रहेको जनाएको छ।

क, गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख पदको लागि: 

१, सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थक सहित सम्बन्धित उम्मेदवारले सहीछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–१ बमोजिमको मनोनयनपत्र ।

२, उम्मेदवार हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

३, उम्मेदवार हुने व्यक्तिको सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार, मतदाता नामावलीको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि)

४, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम रु १,५०० धरौटी राखेको बैंक भौचर वा नगदी रसिद । तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिले धरौटी वापत रु ७५० राख्नु पर्ने ।

५, बुँदा नं ४ बमोजिम धरौटी छुट पाउनको लागि आर्थिक रुपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय पचास हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले गरेको सिफारिस तथा दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भए सम्बन्धित निकाय वा स्थानीय तहबाट दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको सिफारिस ।

६, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–२ बमोजिमको औपचारिक पत्र, (दलको तर्फबाट उम्मेदवारीको औपचारिक पत्र दिन अधिकार पाएको पदाधिकारीले हस्ताक्षर गरेको हुनु पर्ने र सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतलाई सम्बोधन गरेको र बोधार्थमा सम्बन्धित उम्मेदवारको नाम लेखिएको हुनुपर्ने) ।

७, उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्था वा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजिनामा दिएको निस्सा ।

८, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१३ बमोजिमको स्वघोषणा ।

, वारेस मार्पत मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१५ बमोजिमको वारेसनामा ।

ख, गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष तथा वडा सदस्य पदको लागि :

१, सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थक सहित सम्बन्धित उम्मेदवारले सहीछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–१ बमोजिमको मनोनयनपत्र ।

२, उम्मेदवार हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

३, उम्मेदवार हुने व्यक्तिको सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार, मतदाता नामावलीको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि)

४, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम वडा अध्यक्षको लागि रु १,००० र वडा सदस्यको लागि रु ५०० धरौटी राखेको बैंक भौचर वा नगदी रसिद । तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिले धरौटी वापत वडा अध्यक्षको हकमा रु ५०० र वडा सदस्यको हकमा रु २५० राख्नुपर्ने ।

५, बुँदा नं ४ बमोजिम धरौटी छुट पाउनको लागि आर्थिक रुपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय पचासहजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले गरेको सिफारिस तथा दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भए सम्बन्धित निकाय वा स्थानीय तहबाट दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको सिफारिस ।

, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–२ बमोजिमको औपचारिक पत्र ।

७, उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्था वा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजिनामा दिएको निस्सा ।

८, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१३ बमोजिमको स्वघोषणा ।

९, वारेस मार्फत मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१५ बमोजिमको वारेसनामा ।

ग, गाउँपालिका वा नगरपालिकाको दलित महिला वडा सदस्य पदको लागि: 

वडा अध्यक्ष वा वडा सदस्य पदको लागि आवश्यक पर्ने कागजातको अतिरिक्त सम्बन्धित गाउँपालिका वा नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा ।