मङ्लबार, बैशाख ४, २०८१

आसन्न स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं बैशाख ११ ,
आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ताको कार्य हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवार बन्न् चाहने व्यक्ति वा राजनैतिक दलले मनोनयन दर्ता गराउँन सकिने जनाएको छ।

त्यस्तै आयोगले आज र भोली उम्मेदवारको दर्ताका समय सिमा सके लगत्तै बैशाख १२ गते नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका तय भएको जनाएको छ ।

त्यस्तै बैशाख १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ मा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय संगै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यपद्धि बैशाख १६ मा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका संगै बैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।

‘यदि आचार संहिता विपरीत कार्य भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा जानकारी गराइएको छ,’ आयोगले जारी प्रेस नोटमा उल्लेख गरेका छन ।