शनिबार, बैशाख १५, २०८१

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाइ शपथ

काठमाडौ फागुन २१,
गत माघ १२ गते निर्वाचन भएको निर्वाचनबाट राष्ट्रियसभाका लागि नवनिर्वाचित १९ सदस्यलाई आज एक कार्यक्रमकावीच पद तथा गोपनीयताको शपथ गराइएकोछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रमा नवनिर्वाचित १९ सदस्यलाई सपथ गराइएको हो ।

शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार हुनुहुन्छ ।

त्यस्तै गरि सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्र रहेका छन । राष्ट्रियसभा सदस्य १९ पदका लागिे थियो । उहाँहरुको कार्यकाल छ वर्षको हुनेछ ।

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक लगायतको उपस्थिती रहेको थियो ।