शुक्रबार, बैशाख १४, २०८१

नेपाल फर्मा एक्स्पोको आठौं संस्करण बैशाख ९ मा

काठमाडौ फागुन २०,
नेपाल औषधि उत्पादक संघ [एपोन] ले प्रत्येक दुइ वर्षको अन्तरालमाआयोजना गर्दै आएको ‘नेपाल फर्मा एक्स्पो–२०२२’ आगामी बैसाख ९ देखि ११ सम्म चितवनमा हुने भएको छ । नेपाल फर्मा एक्स्पो–२०२२’ को जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलमा दिइएको जानकारी अनुसार औषधि तथा औषधिजन्य उपकरणको बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२२’ मा स्वदेशी र विदेशी औषधि उद्योग गरि १६० वटा औषधि कम्पनी सहभागी हुने बताइएको छ ।

नेपालमा उत्पादन हुने औषधि , प्रविधि लगायतका यावत विषयमा आम नागरिकलाइ जानकारी प्रवाह गर्ने र औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविनतम प्राविधिक ज्ञान दिने लक्ष्य सहित आयोजना हुँने  एक्स्पोको आसन्न आठौं संस्करण यसअघि फागुन महिनामानै गर्ने तयारी रहे पनि पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमका कारण आगामी बैशाखमा आयोजना सम्पनन हुन गइरहेको एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले बताए ।

त्यस्तै पत्रकार सम्मेलनमा एपोनका उपाध्यक्ष सन्तोष बराल , एपोनका निवर्तमान अध्यक्ष जी नारायणबहादुर क्षेत्री लगातले एक्स्पोको आयामका विषयमा चर्चा गर्नुभएको थियो ।