बिहिबार, चैत्र १५, २०८०

व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदित एमसिसीको औचित्य छैन भन्नु संसद्को अबमूल्यन :  महामन्त्री थापा

काठमाडौ फागुन २१,

नेपाली कांग्रेसका सासंद गगन थापाले संसदबाट सरकारले निर्णय गरेर व्याख्यात्मक टिप्पणीसहित पारित गरेको एमसिसी सम्झौतालाइ औचित्य छैन भन्दे सार्वजनिक एवम् राजनैतिक निर्णय गर्नु भनेको संसद्को अबमूल्यन भएको बताउनुभएको छ ।

काँग्रेसका महामन्त्री समेत रहेको नेता थापाले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो अभिव्यत्ति दिनुभएको हो । त्यस्तै उहाँले सन्धि सम्झौतामा जे छ त्यही बुझाइलाई व्याख्यात्मक टिप्पणी मार्फत स्पष्ट गर्ने काम संसदले गरेको बताउनुभयो ।

काँग्रेस एमसिसी सम्झौता प्रति स्पष्ट रहेको जनाउ दिदै अवको केहि समय पछि जनताले पनि एमसिसी सम्झौताका विषयमा सकारात्मक अभिव्यक्ति दिने दावी गर्दै आफ्नो नियोजित अभिष्ट पूरागर्न केहि झुण्डले यसको अपव्याख्या गरेको समेत बताउनुभयो ।