शुक्रबार, बैशाख १४, २०८१

पीसीआर र एन्टिजेन गरेर ११२ जनामा सङ्क्रमण ,४२९ जना सङ्क्रमणमुक्त

काठमाडौं फागुन २६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरेर ११२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएकोछ ।

मन्त्रालयका अनुसार छ हजार ८०१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र २ हजार ५२७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरि उल्लेखित सख्यामा मा सङ्क्रमितको पुष्टि भएको हो ।

त्यस्त्ै मन्त्रालयले यसवीचमा ४२९ जना सङ्क्रमणमुक्त भएको जानकारी दिनुको अलावा वितेको २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको सख्या शुन्य रहेको जनाएकोछ । यद्यपी अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको छ ।

त्यस्त्ै पछिल्लो समय नेपालमा ५ हजार ३४० जनामा कोभिडको सक्रिय सङ्क्रमण रहेको जनाएकोछ ।