शुक्रबार, चैत्र १६, २०८०

चुनाव चिन्ह प्रदान नगर्ने आयोगको व्यवस्थाविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं फागुन २६,
निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलहरु बाहेक अन्य दललाई चुनाव चिन्ह प्रदान नगर्ने व्यवस्था गरेपछि त्यसविरुद्ध ३७ वटा राजनीतिक दलहरु आन्दोलित भएका छन् । आज ती दलहरुले सयुक्त पत्रकार सम्मेलन गर्दै आयोगको उक्त व्यवस्थाको विरुद्धमा देशव्यापी रुपमा विरोधका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिइएको हो ।

आन्दोलनका क्रममा ती दलहरुले आफूहरुको समस्या समाधानको लागि सर्वोच्च अदालतमा रिट दर्ता गर्ने देखि प्रमख दलका शिर्ष नेताहरुलाइ विभेदकारी ऐनको व्यवस्थालाई संशोधन गर्न ध्यानाकर्षण गराउने र स्थानीय तह सम्बन्धि ऐन २०७३ लाई निजी विधेयकलाई संशोधनका लागि अगाडी बढाउने लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

त्यस्तै सम्मेलन पछि जारी विज्ञप्तिमा स्थानीय तहमा सहभागी हुन निर्वाचन आयोगमा दर्ता भएका ८० दलमध्ये ६ दलहरूले मात्रै आफ्नो चुनाव चिह्नमा निर्वाचनमा सहभागी हुन पाउने तर बाँकी ७४ दलका उम्मेदवारले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो दलका अन्य उम्मेदवारहरूभन्दा फरक चिह्न प्रयोग गर्नुपर्ने व्यवस्थाले दुई वर्गका राजनीतिक दलहरुको सिर्जना गरेको उल्लेख गरिएको छ। त्यस्तै प्रस्तुत व्यवस्था संविधानको धारा ७४ मा उल्लिखित शासन प्रणाली “बहुदलीय प्रतिस्पर्धात्मक” रहेको भनी गरिएको व्यवस्था र साथै निर्वाचन आयोगले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्षु निर्वाचन विपरीत रहेको जनाउ दिएको छ।

पत्रकार सम्मेलनमा नेकपा मालेका महासचिव सीपी मैनाली , विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठक लगायतले राजनीतिक दलको नाम, चिन्ह्रको संरक्षण गर्ने जिम्मेवारी सरकारको भएपनि नियम अनुसार सरकारले संरक्षण गर्न नसकेको उनले आरोप लगाउँदै आयोगले लोकतन्त्रको मुल्य मान्यता विपरितको काम गर्दै आएको बताए ।

आन्दोलनको घोषणा गर्नेदलमा क्रमस

  1. आमुल परिवर्तन मसिहा पार्टी 
  2. उन्नत लोकतन्त्र पार्टी 
  3. एकीकृत शक्ति नेपाल 
  4. गान्धीवादी पार्टी नेपाल 
  5. जनजागरण पार्टी नेपाल 
  6. जनता समाजवादी पार्टीनेपाल 
  7. जनमत पार्टी (ज. पा.)  
  8. जनसमाजवादी पार्टी नेपाल 
  9. नेकपा (माले) 
  10. नेकपा (समाजवादी) 
  11. नेपाल आमा पार्टी 
  12. नेपाल जनता पार्टी 
  13. नेपाल दलित पार्टी 
  14. नेपाल परिवार दल 
  15. नेपाल विवेकशील पार्टी 
  16. नेपाल सङ्घीय समाजवादी पार्टी 
  17. नेपाल सद्भावना पार्टी 
  18. नेपाल समाजवादी पार्टी 
  19. नेपाल समाजवादी पार्टी (लोहियावादी) 
  20. नेपाल सुशासन पार्टी 
  21. नेपाली काँग्रेस (वी. पी.) 
  22. नेपाली जनता दल 
  23. बहुजन एकता पार्टी नेपाल 
  24. बहुजन समाज पार्टी नेपाल 
  25. मौलिक जरोकिलो पार्टी 
  26. राष्ट्रिय जनमुक्ति पार्टी 
  27. राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक 
  28. राष्ट्रिय प्रजातन्त्र पार्टी 
  29. विवेकशील साझा पार्टी 
  30. सचेत नेपाली पार्टी 
  31. समाजवादी पार्टी नेपाल 
  32. सर्वदलीय सङ्घीय परिषद् 
  33. साझा पार्टी 
  34. सामाजिक लोकतान्त्रिक पार्टी 
  35. नेपाल समाजबादी कांग्रेस 
  36. लोक दल 
  37. नेपाल लोकतान्त्रिक पार्टी  रहेका छन