बिहिबार, बैशाख १३, २०८१

संखुवासभा बस दुर्घटनामा मृत्यु हुने सवै मृतकको सनाखत

समाचार अपडेट

काठमाडौं फागुन २६,
संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा आज विहान झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुवाहाक बस दुर्घटना हुँदा बसका चालक र सहचालक संगै १५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक मध्ये मृतक १४  जनाको सनाखत भएको र बाँकीे सनाखत हुन बाँकीरहेका जनाएको छ।

प्रहरीकाअनुसार जसमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक उमेश भट्टराईको अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको छ ।

त्यस्तै त्यस्तै दीपक दाहाल, श्याम शेर्पा, भवानी दाहाल, आइतबहादुर तामाङ, सबिता राउत कार्की रहेको जनाउदै उक्त दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । फोटो : गुगल