शनिबार, बैशाख १५, २०८१

पार्टी पदाधिकारी चयनका लागि माओवादी केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं फागुन २२,
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो। आजको बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरिएको सम्वद्ध पक्षले जनाएको छ।

त्यस्तै प्राप्त जानकारी अनुसार आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।

त्यस्त्े सचिव ढकालले शुक्रबारको बैठकमा गत पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले मार्फत भएको विधान संशोधन अनुरुप १५ सदस्यीय पदाधिकारी चयनकालागि छलफल भएको र सोहि अनुरुप आजका बैठकले पार्टी पदाधिकारी चयनका लागि ठोस निर्णय गर्ने तयारी रहेको बताए ।