बिहिबार, चैत्र १५, २०८०

प्रमुख प्रतिपक्षीदलको अवरोधकावीच आज पनि संसद बैठक बस्दै , यस्तो छ कार्यसूची

काठमाडौं फागुन २२ ,
प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले आफूले हटाएका १४ सांसदलाई कारबाही वा सभामुख सापकोटाको राजीनामाको माग सहित गत भाद्र २३ गतेदेखि लगातार अवरुद्ध गर्दै आएको संसद् बैठक आज बस्दै छ ।

आजको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची अन्र्तगत प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक गरिसकेको छ ।

यद्यपी आन दिउँसो १ बजे बस्ने संसद बैठकमा पनि एमालेले नारावाजी सहित वेल घेराउ गर्दै बैठक अवरुद्ध गर्ने प्राय निश्चितनै भएको छ । यसवीचमा संसदको अवरोध खुलाउन सत्तारुढ दल र प्रतिपक्षदिलवीच भएको कुनै पनि संवाद निष्कर्षमा पुग्न सकेको छैन । अझ भनौ सत्ताधारी गठबन्धनले संसद खुलाउन पहल गर्न सकेको छैन ।

यद्यपी संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकबाट थप कार्यक्रम भने तय हुन सक्ने संभावना रहेको छ ।