शनिबार, बैशाख १५, २०८१

चौतारीको अध्यक्षमा बस्नेत र महासचिवमा लामा सर्वसम्मत

पोखरा फागुन २९, प्रम’ख प्रतिपक्षीदल नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको पोखरामा सम्पन्न दुइ दिने नवौं महाधिवेशबाट अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएको छ ।

आगामी ३ वर्षे कार्यकालका लागि निर्वाचित कार्य समितिको उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन हुनुभएको छ भने महासचिवमा हिरामान लामा र उपमहासचिवमा राजु सुवेदी र शुरोजवजङ्ग पाण्डे चयन भएका छन ।

सचिव पदमा प्रदेश नं १ को सचिवमा विक्रम लुईंटेल, मधेस प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिमबाट लोकसरी कुँवर चयन भएको निर्वाचन समितिले जनाएको छ।