शनिबार, बैशाख ८, २०८१

संसद बैठक: प्रन्याविरुद्धको महाअभियोग प्रस्ताव छलफलका लागि प्रस्तुत

बैठकको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई सभामुखको अनुरोध

काठमाडौं फागुन २९,
आज बसेको संसदबैठकको शुभारम्भसंगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले एमालेका सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सांसदहरुलाई विशेष अनुरोध गर्नुभएको छ ।

त्यस्तै उहाँले बैठकमा हुँदै आएको अवरोधका कारण विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित हुन नसेको पक्षमा गम्भीर बन्दै जारी गतिरोध अन्त्य गनै आग्रह गर्नुभएको हो ।

त्यसो त ,एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सभामुखले सूचना टाँस नगरेको भन्दै संसद्को चालु अधिवेशन सुरु भएदेखि नै अवरोध गर्दै आएका छन ।

एमालेका सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेसंगै सभामुख सापकोटाले एमालेका सांसद डा भीम रावललाई बोल्ने समय दिनुभएको थियो । तथापी अवरोध जारीनै रहेका कारण अवरोधकावीच पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा सांसद देवप्रसाद गुरुङले उक्त प्रस्ताव प्रस्तुत गर्दै प्रधानन्यायाधीश जबराले न्याय प्रशासन ऐन विपरीत काम गरी पदीय दुरुपयोग गरेको, अधिकारको दुरुपयोग गरी भ्रष्टाचार र अनियमितता गरेकोलगायत अभियोगका साथ महाअभियोग प्रस्तावक दर्ता गर्नुपरेको जिकिर गर्नुभएको थियो ।

यसअघिको संसद बैठकले ११ सदस्यीय महाअभियोगको प्रस्ताव पेश गर्ने आधार औचित्यको जाँचबुझका लागि महाअभियोग सिफारिश समिति गठन गरिसकेको छ । त्यस्तै आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले “सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन, २०७८” पेश भएको छ। प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।