शुक्रबार, बैशाख १४, २०८१

औषधि थोक व्यवसायी संघ गण्डकीको प्रादेशिक अध्यक्षमा मल्ल निर्विरोध

पोखरा फागुन २८,
औषधिका थोक व्यवसायीहरुको साझा संस्था नेपाल औषधी थोक व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो प्रादेशिक अघिवेशनले रुद्रनारायण मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ प्रादेशिक समिति निर्वाचित गरेको छ।

  अधिवेशनको उद्घाटनसत्र पछि शुरु भएको बन्दसत्रमा लामो गन्थन मन्थनपछि दोस्रो कार्यकालका लागि थोक औषधि व्यवसायी मल्लको अध्यक्षतामा निर्विरोध निर्वाचित प्रादेशिक समितिको उपाध्यक्षद्दयमा काशिनाथ काफ्ले, दुर्गाप्रसाद अधिकारी रहेका छन ।

त्यस्तै गरि महासचिव सचिव र कोषाध्यक्षमा क्रमस रमेश बोहरा, शुशिल कोईराला र उमेशचन्द्र देबकोटालाइ निर्वाचित गरेको छ भने कार्यसमिति सदस्यहमा हिमलाल काफ्ले, भोलानाथ शर्मा ,सूर्य चपाई,प्रमोद महतो कोईरी र कृष्ण प्रसाद शर्मा निर्वाचित भएको निर्वाचिन समितिले जनाएको छ।

बन्दसत्रपछि शुरु भएको निर्वाचन प्रक्रियामा उपाध्यक्ष र सचिवका आकंक्षी गोपाल अधिकारी, निरज विक्रम राणासंगै केहि सदस्य  उम्मेदवारका दावेदारले आ-आफ्नो उम्मेदवारी फिर्ता गरेसंगै सिङ्गो कार्यसमिति निर्विरोध भएको हो।