सोमवार, बैशाख १७, २०८१

संसद बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन

काठमाडौं फागुन १५,

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले मन्त्रिपरिषद्को बैठकबाट पारित एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा सहित सम्झौता अनुमोदन गरेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गर्नुभएको थियो । उक्त व्याख्यात्मक घोषणा प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको जानकारी गराएसंगै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्ताव अनुमोदनका निर्णयर्थ प्रस्तुत गर्दा ध्वनिमतका आधारमा पारित भएको घोषणा गर्नु भएको हो ।

त्यसलगत्तै सभामुख सापकोटाले संसद बैठक आगामी फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गनुभयो ।