बुधबार, बैशाख १२, २०८१

एमसीसी राष्ट्र्घाती भए ५ वर्षपछि आफूलाई चारपाटे मोडेर थानकोट कटाउन सासंद थापाको चुनौती

काठमाडौं  फागुन १६ , 
प्रतिनिधिसभाको बैठकले मन्त्रिपरिषद्को बैठकबाट पारित एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा सहित सम्झौता अनुमोदन गर्नुपूर्व आइतवार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले  एमसीसी सम्झौतामाथिको   सैधान्तिक छलफलमा भाग लिदै एमसीसी राष्ट्रघाती नभएको दावी गरेका छन् ।

बैठकलाइ सम्बोधन गर्ने क्रममा सार्संद थापाले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै एमसीसी राष्ट्रघाती होइन । यहाँ नक्कली राष्ट्रवादीहरूले भ्रम फैलाउँदै जनता उचालेको बताउनुभएको छ।

साथै प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले यो राष्ट्र्घाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोडेर थानकोट कटाउन चुनौती दिएको हो । साथै उनले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताउँदै एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार नर्गन र अनुमोदनमा सहयोग गर्न समेत अनुरोध गरेका छन ।