शनिबार, बैशाख १५, २०८१

कांग्रेसका पदाधिकारीबीच कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल

पार्टी सशक्तिकरणका लागि आवश्यक रणनिति तय गरिने

काठमाडौ माघ २६,
सत्तारुढदल नेपाली कांग्रेसका पदाधिकारीबीच आज भोली बस्ने कार्य सम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल भएको छ । यसअघि अपरान्ह ३ बजे पार्टी मुख्यालयमा बस्ने भनिएको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको र बैठकमा आगामी बैशाख ३० का लागि घोषित आसन्न स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषय उपर छलफल  भएको छ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतलाइ उदृत गर्दै प्राप्त जानकारी अनुसार आज भएको छलफलको निष्कर्ष र विहिवार पार्टी मुख्यालयमा बस्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्राप्त हुने सुझावका आधारमा पार्टीलाइ आगामी दिनमा पार्टीलाइ सशक्तरूपमा अगाडि बढाउन आवश्यक रणनिति तय गरिने बताईएकोछ ।