बिहिबार, बैशाख ६, २०८१

माध्यमिक शिक्षा परीक्षा [एसईई] को परीक्षा तालिका सार्वजनिक

काठमाडौं माघ २७ ,

राष्ट्रिय परीक्षा बोर्डले आगामी ९ वैशाखबाट शुरु गर्ने गरि माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ ।प्रकाशित परीक्षा तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ ।

त्यस्तै वैशाख ११ मा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । यसअघि दुइ पटक कोभिड महामारीका कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।