शुक्रबार, बैशाख १४, २०८१

यस वर्षको एसईई परीक्षा आगामी वैशाख ९ बाट, परीक्षा तालिका बिहीबार प्रकाशित हुने

काठमाडौ माघ २६,
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यसवर्षको एसईई परीक्षा आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म निर्णय गरेको छ ।

यसअघि दुई वर्ष बढ्दो कोभिड महामारीका कारण हुन नसकेको एसईई परीक्षा यसवर्ष भौतिक रुपमानै सम्पन्न हुने जानकारी सहित बोर्डले परीक्षाको तालिका बिहीबार बोर्डको वेबसाइट मार्फत सार्वजनिक हुने जनाएको छ ।

त्यस्तै आसन्न स्थानीय तहको निर्वाचन अगावै परीक्षा सम्पन्न गरिसक्ने तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।