बुधबार, बैशाख १२, २०८१

आसन्न् स्थानीय तहको निर्वाचन सुरक्षाका लागि राज्यका चारवटै सुरक्षा निकाय परिचालन गरिने

काठमाडौ माघ २६,
गृह मन्त्रालयले आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीको गृहकार्य सहित छलफल सुरु गरेको छ । मन्त्रालयका अनुसार छलफलमा मुलत निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने जानकारी सहित  अतिरिक्त सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट अवकाश प्राप्त पूर्व सुरक्षाकर्मी म्यादीमा भर्ना गर्ने तयारी भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने निर्णयभएसंगै निर्वाचनको सुरक्षका लागि यस किसिमको सुरक्षा व्यवस्थाको तयारी भएको जनाउदै विगतमा समान्य क्षेत्रबाट म्यादी सुरक्षाकर्मी भर्ना गरिने परम्पराको क्रम तोड्दै प्रहरी र सशस्त्र प्रहरीबाट अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी लाइ लिन लागेको जानकारी दिएको  छ।