शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा परियार

काठमाडौ माघ २१,
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको प्रम  सचिवालयले जनाएको छ ।

परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम गर्नुभएको थियो । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रूपमा काम गर्दै आउनुभएको थियो ।