आइतवार, बैशाख २३, २०८१

३५ लाख ६८ हजार ठगी गर्ने साईनिङ स्टारका पंचमान पक्राउ

काठमाडौं माघ २१ ,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं जिल्ला अदालतको २०७३ असार १९ गतेको फैसलाले ठगी मुद्दामा ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका महानगरपालिका वडा न १५ स्वयम्भू बस्ने साईनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका लेखा समिति संयोजक ४८ वर्षीय पंचमान महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सहकारीमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४ सय ७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन वाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मुद्दामा पंचमान समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै उनीउपर अदालतले उक्त फैसला गरेको जनाएकोछ ।

पक्राउ परेका पंचमानलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।