आइतवार, बैशाख २३, २०८१

शुक्रवार देशभर पूर्ण बदलीसंगै वर्षाको सम्भावना

काठमाडौं माघ २१ ,
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै केही दिन मौसममा विद्यमान उताचढाव कायम रहनुको अलावा शुक्रवार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङ सहितको वर्षाको सम्भावना रहेको जनाएकोछ ।

त्यस्तै महाशाखाले गण्डकी तथा लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना औल्याउँनुको अलावा देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको जनाएको छ ।

साथै महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिनासहितको वर्षाका कारण सिर्जना हुने चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिने आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन समेत अनुरोध पनि गरेको छ ।

त्यस्तै शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदलीसंगै छिटफुट वर्षाको संभावना रहेको जनाउदै काठमाडौँ उपत्यकामा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको छ जनाएकोछ ।