शनिबार, बैशाख १५, २०८१

काठमाडौं उपत्यकामा मात्र सक्रिय सङ्क्रमित सख्या ३५ हजार ७४८

नेपाललाई विश्व स्वास्थ्य सङ्गठनको बधाइ

काठमाडौ माघ २०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ। त्यस्तै मन्त्रालयले देशरभ रहेका कोभिडका ६३ हजार २९६ सक्रिय सङ्क्रमित मध्ये काठमाडौं उपत्यकाको ३ जिल्ला अन्र्तगत काठमाडौंमा २१ हजार ७३६ , ललितपुरमा ९ हजार ३६० र भक्तपुरमा ४ हजार ६५२ सक्रिय सङ्क्रमित रहेको जनाएको छ । त्यस्तै हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ५९ र आइसियूमा २८१ रहेको जनाएको छ ।

यसैवीच विश्व स्वास्थ्य सङ्गठनले ७० प्रतिशत वयस्कलाई कोभिड विरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाइ पनि दिएको छ । नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्षमाथिका सतप्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।