बिहिबार, बैशाख १३, २०८१

१४ संक्रमितको मृत्यु संगै ३हजार १७५ संक्रमित थपिए

काठमाडौ माघ २०, 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दुई हजार ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरि ३ हजार१७५ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ८ हजार ७२३ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाएको छ भने यहि अवधीमा १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आज पुष्टि भएका मृतकसंगै मुलुकमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७७८ पुगेको छ । त्यस्तै, नेपालमा हाल ६३ हजार २९६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।