बिहिबार, चैत्र १५, २०८०

पत्रकार राईको निधनप्रति दुःख व्यक्त

काठमाडौं माघ २१ ,
नेपाल पत्रकार महासङ्घ  उपत्यका प्रदेश समितिले प्रदेश मातहत रहेको पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य कमलराज राईको ह्दयघातका कारण ४५ वर्षको अल्पायुमै भएको निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रकार राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको हो ।

हृृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पु¥याएका पत्रकार राईको उपचारकै क्रममा बजे निधन भएको थियो । लामो समयदेखि काठमाडौँमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

महासङ्घ  केन्द्रीय समितिका  र  उपत्यका प्रदेश समितिद्वारा जारी  अलग अलग  विज्ञप्तिमा भनिएको छ,- पत्रकार राईको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहेनती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले सक्रिय सदस्य गुमाएको छ । महासङ्घ स्व:  पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ ।