सोमवार, बैशाख १७, २०८१

तत्कालका लागि कुहिने फोहोर आफैँ व्यवस्थापन गर्न महानगरको आग्रह

३ वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्ष पुग्दा समेत नबन्दा महानगरमा फोहर थुप्रियो

काठमाडौ फागुन ७ ,

काठमाडौं महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै विगत केहि समय यतादेखि काठमाडौंमा उत्सर्जन हुने फोहर विर्सजन गर्ने सिसडोल ल्याण्डफिल साइटका स्थानीयले स्थानीय सडक कालोपत्रेको माग गर्दै शुरु गरेको आन्दोलनका कारण फोहर मैला व्यवस्थापनमा समस्या सिर्जना भएको जनाएको छ।

त्यस्तै महानगरले जारी सूचनामा फोहर व्यवस्थापनमा देखिएको समस्याका कारण गत फागुन १गतेबाट काठमाडौंको फोहोर उठ्न नसकेको र यत्र ,तत्र सवत्र्र फोहर जम्मा भएको अवस्थालाइ दृष्टिगत गर्दै आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिजे र नकुहिने गरी छुट्टयाई तत्कालका लागि सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नहुन महनगरवासीलाइ आग्रह गरेको छ। त्यस्तै नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन जारी सूचनामार्फत आग्रह गरेको छ।

यसवीचमा ३ वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले ०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको जनाउ दिदै उहाँले भने बन्चरेडाँडा ल्यान्डफिल साइट जति छिटो बन्यो त्याति छिटो फोहर व्यवस्थापनमा सहजता हुन्छ