शुक्रबार, चैत्र १६, २०८०

नेपालको इतिहासमा २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको क्रान्ति ऐतिहासिक: प्रम देउवा

काठमाडौं फागुन ७,
७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा आज राजधानीस्थित सैनिक मञ्च टुँडिखेलमा आज विशेष कार्यक्रमकावीच दिवस मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि सहित शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो ।

त्यस्तै देशप्रेमले भरिपूर्ण कालजयी राष्ट्रिय गीतका धून समेत प्रस्तुत गरिएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गरिएको थियो ।

यसैवीच कार्यक्रमलाय सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनावलाइ निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिदै उहाँले निर्वाचन पछि जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई थप सुदृढ तुल्याउँदै लैजानुपर्ने बताउनुभयो ।

साथै तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासन अन्त्य भई जनताको हकअधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्नाका लागि नेपालको इतिहासमा २००७ मा प्रजातन्त्र प्राप्तिका लागि भएको क्रान्तिले दूरगामी र ऐतिहासिक महत्व वोकेको बताउनुभयो । त्यस्तै प्रम देउवाले यहि क्रान्तिको जगमा मुलुकमा भएको पछिल्लो आन्दोलले लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा भएको बताउनुभयो ।