बिहिबार, बैशाख २०, २०८१

सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ आज निर्वाचन दिवस मनाईदै

काठमाडौ फागुन ७ ,
‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ आज निर्वाचन आयोगले निर्वाचन छैटौं दिवस मनाउँदैछ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान समेत गर्नु भएको छ ।

त्यस्तै आयोगद्दारा जारी विज्ञप्तिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको दीर्घकालिन सोंचसहित हाँसिल गरेका उपलब्धि एवं प्रारम्भ गरेको निर्वाचन व्यवस्थापन तथा सञ्चालन सुधारको यात्रालाई अझ व्यवस्थित र परिस्कृत बनाउँदै निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आयोगले निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लगेको  उल्लेख गरिएको छ । आगामी वैशाख३० मा स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ ।

यस्तो छ निर्वाचन दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गर्नुभएको शुभकामना सन्देश: