शुक्रबार, बैशाख १४, २०८१

कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौ माघ २६,
आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय ललितपरमा बस्ने तयारी भएको थाहा भएको छ । आज बस्ने पदाधिकारी बैठक मुलत विहिवार बस्ने पूर्व घोषित काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकका लागि तय गरिएको एजेण्डा केन्द्रीत हुने बताइएकोछ ।

नेताहरुका अनुसार आजको बैठकमा आगामी बैशाख ३० का लागि घोषित आसन्न स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयउपर नितिगत छलफल हुनसक्ने संभावना औल्याएका छन ।