आइतवार, बैशाख १६, २०८१

काँग्रेस र प्रमुख प्रतिपक्षीदल एमालेवीचको बालकोट बैठक निष्कर्षविहिन

काठमाडौं फागुन १४ ,
आइतवार बस्ने संसद बैठक संगै जाी ससदीय गतिरोधको अन्त्य र अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०को विषयमा छलफलको वातावरण तय गर्नका लागि सत्तारुढ दल काँग्रेस प्रमुख प्रतिपक्षीदल एमालेका नेताहरुवीच विभिन्न चरणमा भेटवार्ता भएको छ ।

आज साँझ एमाले अध्यक्ष केपी ओलीको स्वनिवास बालकोटमा भएको छलफलको क्रममा आज पनि दुइदलका नेतावीच छलफलका लागि छलफल भएपनि छलफल आफैमा निष्कर्षविहिन भएको बुझिएको छ। छलफलमा नेपाली सहभागी सञ्चारमन्त्री एवम् काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सौहार्दपूर्ण वातावारणमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको जनाउ दिनु भयो ।

त्यस्तै उहाँले नेकपा एमालेको तर्फबाट उठान गरिएको माग सम्बोधन नभएसमम निष्कर्ष सहितको छलफलको कुनै गुन्जायस नभएको जनाउ दिनुभएको बताउदै आजको छलफल केवल छलफमानै सिमति भएको बताउनुभयो । साथै उहाँले जारी छलफललाई पुन निरन्तरता दिने गरि आजको छलफल समापन गरिएको बताउनुभयो।

छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री कार्की सहभागी हुनुहुन्थ्योभने एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी रहेको बताउनुभयो ।