शुक्रबार, बैशाख २१, २०८१

आइतवार बस्ने संसद बैठकको यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं फागुन १४ ,
संघीय संसद् सचिवालयले आइतबार बस्ने संसद बैठकको लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। संचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको बैठकको सम्भावित कार्यसूचीमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुको अलावा सम्भावित दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी] अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरेको छ।

यसअघि शुक्रबारको बैठकअघि एमसीसीको विषयमा दलहरुवीच सहमति बन्न नसकेपछि बैठक आइतबारसम्मकाका लागि स्गथन गरिएको हो । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले आइतवारनै कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने गरि आव्हान गर्नुभएको छ।