शुक्रबार, बैशाख १४, २०८१

समयमानै स्थानीय तहको निर्वाचन हुनेमा विश्वस्त छौं : महानगर प्रमुख शाक्य

पिलातुं त्वाः दाफा खलको गुठी घर निर्मांणका लागि महानगरको १ करोड रुपैयाँ  सहयोग 

काठमाडौँ माघ १५
काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगर वडा २७ बेखालाछी मार्गमा पिलातुं त्वाः दाफा खलको गुठी घर शिलान्यास गर्नुभएको हो  ।

शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले सम्पदा बचाउन महानगरले लगानीमा वृद्धि गरेको बताउदै ‘सम्पदा बचाउन महानगरले राज्यकातर्फबाट पैसा दिएका छौँ । यो खर्च होइन  लगानी भएको धारण राख्दै महानगरको लगानीबाट मूर्त अमूर्त सांस्कृतिक गतिविधिहरुका विचमा सम्बन्ध बढ्ने र परम्परागत चालचलन पुस्तान्तरणमा सहयोग पुग्ने अपेक्षा गर्नुभएको छ ।

त्यस्तै उहाँले स्थानीय निर्वाचनको प्रसङ्ग जोड्दै समयमा निर्वाचन हुनेमा आफू आशावादी रहेको भन्दै ‘स्थानीय तहमा जनप्रतिनिधिविहिन हुने अवस्थामा पुग्ने छैनन्, सरकारले वेलैमा उचित निर्णय लिने विश्वाश समेत व्यक्त गर्नुभयो ।

भवन निर्माणका लागि उपभोक्ता समितिले जग्गा खरिद गरेसंगै गुठी घर निर्मांणका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेको हो । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण महर्जनले, आफ्नै भवन नभएपछि परम्परा धान्न कठिन भएको गुनासो सहित यसवीचमा महानगरको सहयोगबाट भवन निर्माण हुने भएको छ । यो हाम्रा लागि खुशीको क्षण भएको बताउद महानगरको सहयोगको प्रशंशा गर्नुभयो । कार्यक्रममा वडाध्यक्षहरु चिनियाँमान बज्राचार्य लगायतको उपस्थिती रहेको थियो ।